२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रिमतको संख्या ९० लाख नाघ्यो



अ+ अ-

विश्वभरमा कोरोना भाइरस संक्रमितको संख्या ९० लाख भन्दा बढी भइसकेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार विश्वभरमा कोरोना संक्रमितको संख्या ९१ लाख ८५ हजार ९ सय ७४ पुगेको छ । यो महामारीले हालसम्म ४ लाख ७४ हजार ५७ जनाको मृत्यु भइसकेको छ । अमेरिका कोरोनाको सबैभन्दा धेरै प्रभावित देश बनेको छ । अमेरिकामा २२ लाख ९१ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् भने एक लाख २० हजारभन्दा बढीको मृत्यु भएको छ ।

ब्राजिलमा कोरोना संक्रिमतको संख्या  १० लाख ८३ हजार बढी  छन् त्यहाँ मृतकको संख्या ५० हजार बढी भएको छ । यस्तै रुसमा पाँच लाख ९१ हजार बढी व्यक्ति कोरोनाद्वारा संक्रमित छन् । तर, यहाँ कोरोना महामारीका कारण धेरैको मृत्यु भएको छैन । यहाँ आठ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।

संक्रमित व्यक्तिको संख्याको हिसाबले भारत चौथो स्थानमा छ । भारतमा चार लाख २५ हजार बढी व्यक्ति संक्रमित भइसकेका छन् जबकि यहाँ हालसम्म १३ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा तीन लाख ६ हजार बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । यो महामारीले बेलायतमा हालसम्म ४२ हजार ७ सय ३२ व्यक्तिको मृत्यु भएको छ ।