२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलाको छाङरूमा सिडिएमए मोबाइल शुरु



अ+ अ-

काठमाडाैंः नेपाल टेलिकमले दार्चुला जिल्लाको ब्यास गाउँपालिकाको विकट छाङरूमा सिडिएमए मोबाइल सेवा शुरु गरेको छ । यो मोबाइल सेवा भिस्याट टर्मिनलबाट जोडिएको छ ।

यो टाबरबाट शसस्त्र प्रहरीको छाङ्रुमा नयाँ स्थापित बिओपी सहित कालापानी, गुन्जी, कुटी र टिन्कर क्षेत्रमा मोबाइल सेवा उपलब्ध हुनेछ । भारतको धार्चुलाका भारतीयले पनि यस टाबरबाट सेवा प्राप्त गर्न सक्ने नेपाल टेलिकमले जनाएकाे छ ।

टाबर स्थापना र संचालनका लागि नेपाल टेलिकमका प्राविधिक कर्मचारीलाई गृह मन्त्रालयको हेलिकप्टरले ब्यास पु–याएको थियो । यस कार्यको संयोजन दार्चुलाका प्रमुख जिल्ला अधिकारीले गरेका थिए ।

यसअघि नेपाल टेलिकमको केन्द्रीय कार्यालयले ब्यासमा टाबर स्थापनाका लागि प्राविधिक र उपकरण लैजान गृह मत्रालय समक्ष अनुरोध गरेको थियो ।