२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाका लागि अलर्ट ! वर्षाका कारण बागमती र यसका सबै सहायक नदीमा बहाव बढ्दो



अ+ अ-

लगातार वर्षाको कारण आज काठमाडौं उपत्यका भई बहने बागमती र यसका सबै सहायक नदीमा बहाव बढ्दो रहेकोले उच्च सतर्कता अपनाउन नेपाल बाढी सुचना विभागले जनाएको छ । नेपाल बाढी सुचनाका अनुसार मोहरा नदी बालकुमारीमा जलसतह २ मिटर भन्दा धेरै बढेको छ।

मनोहरा, हनुमन्ते लगायत केहि स–साना नदीको पानी नदी किनारको सडक र बस्तीमा जान सक्ने उच्च संभावना रहेको छ । त्यसकारण तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आहवान गरिएको छ । हाल सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, सिन्धुली, काठमाडौं उपत्यका चितवन, गोरखा, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ,अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङजा, दाङ, बर्दिया र आसपास केहि स्थानमा मध्ययम देखि भारी बर्षा भईरहेको छ ।

उक्त जिल्ला भई बहने स–साना खोलाहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास सम्म पुग्न सक्ने संभावना रहेकोले तटिय क्षेत्रमा सतर्कताको लागि नेपाल बाढी सुचनाले अनुरोध गरेको हो ।