२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
बालेन्द्र सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्री, आजै शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक राज्य व्यवस्था समितिबाट बहुमतले पारित, मातृका यादवकाे फरक मत



अ+ अ-

काठमाडाैंः संसदकाे राज्यव्यवस्था तथा सुशासन समितिले विवादास्पद नागरिकता विधेयक बहुमतले पारित गरेकाे छ । 

समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रावधानसहित नागरिकता विधेयक बहुमतले पास गरेको छ ।

आइतबार दिउँसो २ बजेदेखि बसेको समितिको बैठकमा निरन्तर छलफल पछि बहुमतले सात वर्षे प्रावधान सहितको विधेयक बहुमतले पारित गरेको हो ।

समितिको बहुमतको निर्णय माथि प्रमुख प्रतीपक्ष नेपाली कांग्रेस, राजपा, समाजवादी र नेमकिपाले भने फरक मत राखेका छन् । सत्तारूढ नेकपाकाे सचिवालय बैठकले शनिबार अंगीकृत नागरिकताका लागि सात वर्षे प्रावधान राख्नेगरी निर्णय गरेकाे थियाे । साेही निर्णयका अनुसार सत्तारूढ नेकपाका सांसदले समितिमा मतदान गरेका थिए । 

अंगीकृत नागरिकता नपाउँदासम्म के हुन्छ ?

  • वैवाहिक अंगीकृत नागरिकता ७ बर्ष पछि दिइने!
  • नागरिकता नपाउँदासम्मका लागि स्थायी आवासीय अनुमति पत्र’ दिइने !!
  • आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न सकिने !
  • यो अनुमतिपत्रका आधारमा चलअचल सम्बन्धी आर्जन गर्न, भोग गर्न, बेचविखन गर्न, व्यवसायिक लाभ प्राप्त गर्न र अन्य कारोबार गर्न पाइने ।

 

नेता मातृका प्रसाद यादवकाे फरक मत

नेकपाका प्रभावशाली नेता मातृका प्रसाद यादवले भने नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बारे नेकपाको सचिवालयले गरेको निर्णयप्रति पूर्ण असहमति जनाउनु भएकाे छ । उक्त सात वर्षे प्रावधानले ७ वर्षसम्म राज्यविहीन बनाउँदै राजनैतिक, आर्थिक र साँस्कृतिक शोषण गर्ने र मानसिक प्रताडना दिने देखिन्छ भन्दै उहाँले यस प्रकारका निर्णयले मधेशी समुदाय मात्र नभई समग्र महिलाहरूको पनि प्रगति, विकास र समृद्धिमा ठुलो कुठाराघात हुने देखिन्छ भन्नुभएकाे छ । 

उहाँले जारी गर्नुभएकाे विज्ञप्तिमा भनिएकाे छः