२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशाेधनले औपचारिकता पायाे, राजपत्रमा आजै प्रकाशित



अ+ अ-

काठमाडाैंः सरकारले नेपालकाे नयाँ राजनीतिक नक्सा समेट्ने गरी भएकाे संविधान संशाेधनलाइ औपचारिकता दिएकाे छ । लिम्पियाधुरा, लिपलेक र कालापानी समेत समेटेर नेपालले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेकाे थियाे ।

संविधानमा रहेकाे निशान छापमा रहेकाे नक्सालाइ पनि नयाँ स्वीकृत नक्सा बमाेजिम संशाेधन गरिएकाे छ । नेपाल सरकारले आजै संविधान संशाेधनलाइ नेपालकाे राजपत्रमा प्रकाशन गरेकाे छ । सामान्यतया राजपत्रमा प्रकाशन भएपछि त्यसले औपचारिक कानुनी मान्यता प्राप्त गर्दछ ।

नेपालका दुबै सदनले पारित गरेकाे संविधान संशाेधनलाइ राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ प्रमाणीकरण गर्नु भएकाे थियाे ।

अब नेपालले भारतसँग वार्ता गरी हाल भारतकाे कब्जामा रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गर्नुपर्ने मुख्य चुनाैती छ ।