२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङमा पनि कोरोना संक्रमित भेटिए



अ+ अ-

पोखरा । हिमाली जिल्ला मनाङमा पनि कोरोना संक्रमीत भेटिएका छन । स्थायी ठेगाना कपिलवस्तु बाणगंगा–१४ घर भइ मनाङ बस्दै आएका ५७ वर्षीय पुरुषमा कोरोना भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ  । मनाङको चामेस्थित कुनै एक सरकारी कार्यालयका कर्मचारी रहेका उनी हालैमात्र घर गएर मनाङ फर्किएको बुझिएको छ ।

गण्डकीमा बिहीबारमात्रै ४२ जना थप संक्रमित भेटिएका छन । पूर्वी नवलपरासीको मध्यबिन्दु र गैंडाकोट नगरपालिकाका गरी १७ पुरुष, तनहुँका १२, गोरखाका १२ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोदविन्दु शर्माका अनुसार मनाङकाबाहेक अरु संक्रमित सबै हालैमात्र भारतबाट फर्किएका हुन् ।

क्वारेन्टाइनमा बस्दै आएका उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ सय ८९ पुगेको छ । संक्रमितमध्ये २२ जना निको भएर घर फर्किएका छन । स्याङजाका एक जनाको भने मृत्यु भएको छ ।