२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिल्लीबजार मालपोतका ६ जना कर्मचारी घूससहित पक्राउ



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका ६ जना कर्मचारीलाई घूससहित पक्राउ गरेको छ ।

मंगलबार अपरान्ह उनीहरु घुससहित पक्राउ परेको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । उनीहरुबाट ८ लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रवक्ता कोइरालाले बताए ।

पक्राउ पर्नेहरुमा मालपोल अधिकृत रघुवंश कँडेल, नायब सुब्बा उद्धव सापकोटा, र गोपाल खड्का खरिदार दीपक खनाल, नवराज घिमिरे, नारायप्रसाद पोखरेल रहेका छन् ।

लकडाउनका कारण लामो समय बन्द रहेका देशभरका मालपोत कार्यालयहरु आइतबारदेखि खुलेका थिए ।