२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
बालेन्द्र सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्री, आजै शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली भन्नुहुन्छ, भारतसँग वार्ता अघि बढ्छ



अ+ अ-

काठमाडाैंः प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित भूभाग फिर्ताका लागि भारतसंगको वार्ता अघि बढाउने बताउनुभएको छ ।

संविधान संशाेधन प्रस्ताव पारित भएसँगै संघीय संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा  समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन भएपछि अब वार्ताको काम अघि बढ्छ भन्नुभयाे ।

उहाँले राष्ट्रियताको पक्षमा देश एकजुट हुनु राम्रो भएको उल्लेख गर्दै अब चाँडै भारतसँग वार्ता हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रियताको पक्षमा अखण्डताको यो बहुत राम्रो कुरा हो । केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो । विपक्षमा कोही छैनन् । सिंगो देश एकजुट भएको छ ।’

नेपाली भूमि फिर्ताका लागि संविधान संशोधन भएपनि अबको कदम के हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले ‘अब छिट्टै वार्ता हुने’ बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब वार्ता हुन्छ । अगाडि बढ्छ ।’