२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा थप ३७ जनामा कोरोना संक्रमण



अ+ अ-

पोखरा । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद बिन्दु शर्माका अनुसार यो सँगै गण्डकीमा १ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ । उनले ३ वर्षदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा कोरोना देखिएको जानकारी गराउनु भयो । शुक्रबार कोरोना संक्रमण देखिएकामध्ये सबैभन्दा बढि स्याङ्जाको २२ जना त्यसैगरी पर्वतका १३ जना र नवलपुरका १ जना र तनहुँको १ जना रहेका छन् । गण्डकीका ११ जिल्ला मध्ये ९ जिल्लाका संक्रमित छन् । मनाङ र मुस्ताङ भने संक्रमित छैनन् ।
१ सय ८८ जना संक्रमित मध्ये कुन जिल्लामा कति रु

स्याङजामा ६० जना
बाग्लुङमा ४० जना
नवलपुरमा ३८ जना
पर्वतमा २२ जना
गोर्खामा १५ जना
कास्की ५ जना
तनहुँमा ४ जना
म्याग्दीमा ३ जना
लमजुङमा १ जना