२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनासम्बन्धी अनुगमन गर्न डा.महतको नेतृत्वमा काँग्रेसको समिति



अ+ अ-

काठमाडौं । कोरोना भाइरस  कोभिड १९ का कारण देशमा उत्पन्न परिस्थितिको अध्ययन तथा अनुगमन गर्न नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरेको छ ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपालमा सोमबार सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारले सो अनुगमन समिति गठन गरेको छ । साथै उक्त बैठकले वर्तमान सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गरेको छ ।

उक्त बैठकले सरकार कोरोना भाइरस नियन्त्रणमा पुर्नरुपमा असफल भएको निष्कर्ष निकाल्दै अहिलेको परिस्थिति के छ भनेर अनुगमन गर्न डा महतको नेतृत्वमा अनुगमन समिति बनाएको छ ।

बैठकले कोभिड –१९ को महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न तथा जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन सरकारले तत्काल चाल्नुपर्ने कदमका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ ।

साथै काँग्रेसले कोरोना महामारीको सन्दर्भमा सरकारको गैर जिम्मेवारपन, अकर्मण्यता असक्षमता र भ्रष्टाचारको विरुद्धमा संघीय संसद, प्रदेश सभा र सबै जिल्लामा सक्रिय र सशक्त रुपले प्रस्तुत हुने निर्णय गरेको छ ।