२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अकिञ्चनको ‘सायद किनाराहरू’सार्वजनिक



अ+ अ-

काठमाडौँ। कवि उमेश अकिञ्चनको कविता सङ्ग्रह ‘सायद किनाराहरू’ सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रमबीच रक्षामन्त्री मानवीर राई, कविहरू श्रवण मुकारुङ, रमेश क्षितिज र विमला तुम्खेवालगायतले संयुक्त रूपमा उक्त सङ्ग्रहको विमोचन गर्नुभएको हो ।

इन्डिगो इन्कले प्रकाशन गरेको सङ्ग्रहमा ४१ वटा कविता सङ्ग्रहित छन् । कविता सङ्ग्रहमाथि मुकारुङ, क्षितिज र तुम्खेवालगायत कविहरूले चर्चा गर्नुभएको थियो । तीन दशकदेखि कविता लेखिरहनुभएका अकिञ्चन विम्बहरूको प्रयोगबाट अत्यन्तै सशक्त कविता लेख्न सक्ने कविका रूपमा रहेका मुकारुङले बताउनुभयो ।

प्रशासनिक क्षेत्रमा खड्गराज राईले परिचित कवि अकिञ्चन हाल रक्षा मन्त्रालयअन्तर्गत उपसचिवका रूपमा कार्यरत हुनुहुन्छ । कवि अकिञ्चन एक प्रखर कविका रूपमा मात्र नभएर असल राष्ट्रसेवकसमेत रहनुभएको रक्षामन्त्री मानवीर राईले बताउनुभयो । अकिञ्चनको यो तेस्रो कृति हो । सो कविता सङ्ग्रह आजैदेखि बजारमा उपलब्ध हुने प्रकाशक इन्डिगो इन्कले जनाएको छ ।