२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारी वर्षा र जोखिमलाई दृष्टिगत गर्दै सवारीसाधन सञ्चालनको तालिका निर्धारण



अ+ अ-

गण्डकी। जिल्ला प्रशासन कार्यालय कास्कीले भारी वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जातर्फ जाने सवारीसाधन सञ्चालनको तालिका निर्धारण गरेको छ ।

जिल्ला सुरक्षा समिति कास्कीको आज बसेको बैठकले अत्यावश्यक सेवाबाहेकका लामो दूरीका सवारीसाधनलाई साँझ ४ः०० बजेपछि र छोटो दूरीका सवारीसाधनलाई साँझ ५ः०० बजेपछि कास्कीको छोरेपाटनबाट स्याङ्जातर्फ जान रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी सूचनामा जनाइएको छ ।

यस वर्षको मनसुन सक्रिय रही साउन ३ गते रातिदेखि अविरल वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशमा थप भारी वर्षाको पूर्वानुमान गरेकाले सम्भाव्य मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रशासनले सवारीसाधनको समय तालिका निर्धारण गरेको उहाँले बताउनुभयो ।