२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटहरीको ट्याङ्ग्रा खोलामा डुबेर दुई बालकको मृत्यु



अ+ अ-

सुनसरी। इटहरीको ट्याङ्ग्राखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–३ स्थित खोलामा साथीसँग पौडी खेल्ने क्रममा आज दिउँसो दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इटहरी–३ कल्याण चोकका आठ वर्षीय दीपसन चौधरी र सङ्खुवासभा चौनपुर घर भई हाल इटहरी–२ आफन्तकामा बस्ने ११ वर्षीय क्रिवास लिम्बू रहेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार खोलामा डुबेका दुवै जनालाई तत्काल उद्धार गरेर उपचारका लागि मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल पु¥याइएको थियो ।

अस्पताल पुर्याएको केहीबेरमै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका भण्डारीले जानकारी दिनुभयो । रासस