२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काेराेनाबाट थप १ काे मृत्यु, मृतककाे संख्या ११ पुग्याे



अ+ अ-

काठमाडाैंः कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

सुर्खेत पञ्चपुरीका २८ वर्षिय पुरुषको कोरोना भाइरस संक्रमणका कारण २२ गते नै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जेठ ८ गते भारतबाट आई १४ दिन सम्म स्थानीय क्वारेन्टाइनमा बसी घर फर्किएका पुरुषको मृत्यु भएको बताउनुभयो ।

उहाँले क्वारेन्टाइनमा आरडिटी परीक्षण गरी पोजेटिभ देखिएपछि घर पठाइएको तर घर पुगेकै दिन मृत्यु भएकोले पीसीआर प्रविधिबाट परीक्षण गर्दा कोरोना पोजेटीभ पाइएको बताउनुभयो ।

यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

हालसम्म मृत्यु भएका व्यक्तिहरूः

प्रदेश २ः   १ जना

बाग्मतीः   ३ जना

प्रदेश ५ः   ४ जना

कर्णालीः   २ जना

सुदूरपश्चिमः १ जना

जम्माः ११ जना