२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की कारागारमा चौकीदार नियुक्तिको विरोधमा कैदीबन्दीको नाराबाजी



अ+ अ-

पोखरा। कास्की जिल्ला कारागारमा चौकीदार नियुक्ति विवादित बनेको छ। राजनीतिक चलखेलमार्फत नियुक्ति गरिएको आरोप लगाउँदै कैदीबन्दीहरूले कारागारभित्र नाराबाजी गरेका छन्।

कारागारको ‘क’ ब्लकमा अजय गुरुङलाई चौकीदार नियुक्त गरिएपछि अर्का उम्मेदवार प्रकाश गुरुङका समर्थक कैदीहरूले विरोध जनाएका हुन्। सो ब्लकमा करिब ४ सय कैदीबन्दी रहेका छन्।

कारागार कार्यालयका सूचना अधिकारी महेन्द्र कुवरका अनुसार चौकीदार पदका लागि अजय गुरुङ, प्रकाश गुरुङ र प्रवीण थापाको नाम सिफारिस भएको थियो। तीमध्ये कारागार विभागले अजय गुरुङलाई छनोट गरेको हो।

विरोध चर्किएपछि कारागार प्रशासनले स्थिति नियन्त्रणमा लिन प्रयास थालेको छ।