२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ-अध्यक्ष डा सिके राउत



अ+ अ-

बारा। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले देशमा सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको जिकिर गर्नुभएको छ ।

बारा सदरमुकाम कलैयामा आज आयोजित बृहत् पार्टी प्रवेश तथा सभा कार्यक्रममा उहाँले देशमा सङ्घीयता आए पनि विभिन्न प्रकारले कमजोर पार्नका लागि ठूला पार्टी नै लागि आरोप लगाउनुभयो ।

“सङ्घीयता आए पनि प्रदेशमा आफ्नो प्रहरी प्रशासन छैन । सङ्घ सरकारकै मातहतमा कर्मचारी, प्रहरी प्रशासन रहेकाले प्रदेश सरकारले चाहेअनुसार काम गर्न नसक्ने अवस्था छ”, अध्यक्ष राउतले भन्नुभयो,“सङ्घीयताका लागि सरकार र देशका ठूला पार्टीहरूकै राम्रो भूमिका खेद्यन सकेनन् ।”

उहाँले तराई मधेसको हकअधिकारलाई स्थापित गर्न यहाँबाट प्रतिनिधित्व गर्ने सबै दल एकताबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष डा राउतले संंविधान संशोधनको माध्यमबाट तराई मधेसलगायत देशका समस्या सम्बोधन गर्न अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले सरकारले जनतामा आशा जगाउने गरी आफ्नो भूमिका बढाउनुपर्नेमा जोड दिनुभयो । “नेपाली जनताको आशा र भरोसा गरेका कांग्रेस र एमाले मिलेर सरकार बनेको छ । यसले जनतामा रहेको निरासा हटाउने गरी काम गर्नुपर्छ, तर हालको भूमिका राम्रो नभएका हाम्रो बुझाई छ”, डा राउतले भन्नुभयो ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गठबन्धन सरकार भएको कारण मधेसमा चाहेजस्तो विकास गर्न नसकिएको धारणा राख्नुभयो । विविध समस्याका बाबजुत प्रदेश सरकार मधेसी जनताको विकासको चाहना र अधिकार रक्षाका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।

पार्टीका जिल्ला अध्यक्ष शवनाथ पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य प्रमोद गुप्ता, मधेस प्रदेशसभाका निवर्तमान सदस्य पारस साहलगायत विभिन्न पार्टीका नेता कार्यकर्ता जनमतमा प्रवेश गरेका छन् । रासस