२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो हुदैन : मन्त्री भुसाल



अ+ अ-

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको स्वीकार गर्नुभएको छ । 

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उपस्थित हुनु भएका मन्त्री भुसालले फेसबुकमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको बताउनुभयो । उहाँले नेपालमा उत्पादन भएको दुधजन्य वस्तुहरुको विक्री गर्न नसकेको स्वीकर गर्दै कमेन्ट गर्न जस्तो काम गर्न सजिलो नभएको बताउनुभएको हो । उहाँले पहिला आफुलाई पनि त्यस्तै लाग्ने गरेको तर अहिले काम गर्न कठिन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘दुधको बटर हामीसँग एक हजार मेट्रिक टन बढी भइसकेको छ, थुप्रिएको छ । उत्पादनको हिसाबले १५ सय मेट्रिकटन पाउडर दुध थुप्रिएको छ । त्यो बेच्नु पर्ने छ त्यसको करिब करिब दुई ढाई अर्ब त्यहाँ रोकिएको छ । त्यसले गर्दा त्यो रेगुलेट सर्कुलेट हुन पाएको छैन् । प्रयत्न गरिएको छ अफगानिस्तान, पाकिस्तान कहाँ बेच्न पाइन्छ भनेर प्रयत्न गरिएको छ सकिएको छैन् । सेना पुलिसलाई खुवाउन सकिन्छ कि भनिएको थियो त्यो पनि सकिएको छैन् । माघ देखि मात्रै ठेक्का लाग्दो रैछ त्यसले गर्दा खेरी प्रोबोलम छ । मान्छेहरुले सामान्य बेसबुकमा, बाटोमा यसो गरिदिए हुन्छ नी भन्छन मलाई पनि त्यस्तो लाग्थ्यो त्यो सजिलो रहिन्छ ।’

उहाँले किसानलाई उपलब्ध गराउने मलको विषयमा पनि समस्या रहेको बताउनुभयो । अहिले सरकारसँग १५ हजार मेट्रिक टन युरिया र २० हजार टन डिएपी मल छ र साढे पाँच हजार मेट्रिक टन जती पोटास मल रहेको तर त्यतिले नपुग्ने बताउनुभयो । आयातको क्रममा रहेको मल पनि ढुवानीमा समस्या हुँदा ल्याउन नसकिएको बताउनुभयो ।

उहाँले कृषि पेशामा लाग्ने किसानहरुको न्यूनतम बचत सहितको आम्दानीको सुरक्षा गर्नु नै कृषि क्षेत्रको लागि सबैभन्दा ठुलो काम हुने बताउनुभयो । उहाँले अनुदान दिएर भन्दा किसानको उत्पादनको बजारीकरण र बचत सहितको आम्दानीको सुनिश्चितता गराउने गरी काम गर्नुपर्ने बताउनुभयो । यस्तै पछिल्लो समय सलह आउने चिन्तामा किसानहरु रहेको भन्दै त्यसको लागि मन्त्रालयले कसरी नियत्रण गर्ने भन्ने सम्बन्धमा समिति गठन गरी अध्ययन गरिएको जानकारी समितिलाई गराउनुभयो ।