२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतमा बोलेरोको ठक्करले एकको मृत्यु, एक महिला घाइते



अ+ अ-

सुर्खेत। बुधबार बिहान सुर्खेतमा भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्। वीरेन्द्रनगर नगरपालिका–११, धुलियाबिटका ३४ वर्षीय प्रेम बुढाको बोलेरो गाडीको ठक्करबाट मृत्यु भएको हो।

प्राप्त विवरणअनुसार, धुलियाबिट नजिकै मिनिट्रकबाट घाँस झारिरहेका बेला करिब बिहान १०ः४५ बजे कर्णाली प्रदेश ०२००१ च ०९४४ नम्बरको बोलेरोले बुढालाई ठक्कर दिएको थियो।

गम्भीर घाइते अवस्थामै अस्पताल पुर्याइएका उनलाई पेट र टाउकोमा गहिरो चोट लागेको थियो। उपचारका क्रममा बिहान ११ः१० बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ।

सोही दुर्घटनामा सोही ठाउँकी ३२ वर्षीया तिलकुमारी बुढा पनि घाइते भएकी छन्। उनको खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ।

बोलेरो गाडी लेकवेशी नगरपालिका–६ का २१ वर्षीय चालक यामलाल सुनारको नियन्त्रणमा थियो। तीव्र गतिमा वीरेन्द्रनगरतर्फ आउँदै गरेको गाडी अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए। चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको छ।