२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तराईमा खानेपानीको खडेरी छ, तत्काल वैकल्पिक व्यवस्था होस्’



अ+ अ-

काठमाडौँ। विभिन्न राजनीतिक दलका नेताहरुले मधेस प्रदेशका आठ जिल्लामा खानेपानीको खडेर परेको भन्दै विशेष वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

यहाँ आज आयोजित साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), मधेस प्रदेशका इन्चार्ज तथा स्थायी कमिटी सदस्य लिलानाथ श्रेष्ठले ५१ प्रतिशत रोपाइँ बाँकी भएको सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, धनुषा, महोत्तरी र रौतहट जिल्लामा पानीको लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “तराईमा यही साउन १५ गतेपछि बाँकी धान रोपाइँ गर्ने भएको छ, मधेस सुक्खाग्रस्त क्षेत्र बन्नुको मुख्य कारण जलवायु सङ्कट नै हो, वन–जङ्गलको विनाशको कारण हो, तत्काल सरकारले चुरे किनारामा ठूलो–ठूलो पोखरी, ताल निर्माण गर्नुपर्छ ।” तराई क्षेत्र सुक्खा भइरहेको अवस्थामा सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारले ठोस नीति बनाएर तत्काल राहत दिनुपर्ने उहाँको भनाइ छ ।

जनमत पार्टीका महासचिव तथा पूर्वमन्त्री चन्दन सिंहले प्राकृतिक दोहनको कारण तराईका क्षेत्रमा खडेरी परेको उल्लेख गर्दै सरकारले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “जलवायु सङ्कटको व्यापक असर नेपालमा परेको छ, पानी नपरेपछि अहिले मधेसमा असर परेको छ, मधेस कृषिप्रधान, कृषिमा आधारित क्षेत्र हो, यसमा नै असर पर्न गयो, चुरे दोहन हुनु मुख्य कारण हो ।”

मधेसमा ५१ प्रतिशत धान रोपाइँ भए पनि पानी नभएका कारण खेत चिरा–चिरा भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो,  मधेसमा पूर्णतः सिँचाइको वातावरण बनाउनुपर्छ, गाउँ, टोलको पानी सुकेको छ, जमिनमुनिको आन्तरिक स्रोत पनि सुकेको छ, यसको बारेमा सरकारले तत्काल वैकल्पिक माध्यम अपनाउनुपर्छ ।” रासस