२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित



अ+ अ-

काठमाडौँ। कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा प्रसिद्ध कथाकार प्राज्ञ माया ठकुरीले उक्त कृतिको लोकार्पण गर्दै विभिन्न विषयवस्तुलाई सूक्ष्म ढङ्गले नियालेर कथा रचना गरेको भन्दै कथाकारको प्रशंसा गर्नुभयो ।

कथाकार वैरागी नयाँ पुस्तामा असाध्यै आशालाग्दा कथाकारको रूपमा आएको भन्दै उहाँले यसलाई निरन्तरता दिए भविष्य उज्ज्वल रहेको बताउनुभयो ।

प्राडा हरिप्रसाद सिलवालले वैरागीको कृतिले नेपाली साहित्यमा नयाँ इँट्टा थप्ने काम गरेको बताउनुभयो । समाजका यथार्थ विषयलाई लिएर सूक्ष्म दृष्टि र कलात्मक शैलीमा प्रस्तुत गरिएका कथा पढिरहँदा आफूले त्यही परिवेशमा पुगेको आभास भएको बताउनुभयो ।

आवरण प्रकाशनको ब्यानरमा भएको लोकार्पण समारोहमा कवि तथा कलाकार रमेश पौडेलले कथाकार वैरागीको कथाशिल्प प्राञ्जल भएकाले कृति सबैका लागि पठनीय रहेको दाबी गर्नुभया ।

कथाकार वैरागीले साहित्यको दोस्रो कृतिको जन्म दिँदै गर्दा आफ्ना स्वर्गीय आमा–बुबा र दाइलाई सम्झदै आध्यात्मिक संसारबाट सधैँ आशीर्वाद प्राप्त भइरहने अपेक्षा व्यक्त गर्नुभयो । साहित्यकार सरु आस्थाले कलेजको सहपाठी साथीले साहित्यमा उचाइ लिएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

दुई दशकदेखि साहित्य र पत्रकारितामा लाग्नुभएका रामेछापका सीताराम दर्लामी साहित्य र पत्रकारितामा सुजन वैरागीका नामले परिचित ‘ग्राफिक्स डिजाइनर’समेत हुनुहुन्छ । उहाँले २०६७ सालमा पहिलो कृतिका रूपमा मुक्तक सङ्ग्रह ‘पर्खाइका पलहरू’ प्रकाशित गर्नुभएको थियो । यस्तै, ‘पल्लवी रातहरु’ संयुक्त कृति पनि प्रकाशित भइसकेको छ ।

रुमानी साहित्यिक पत्रिकाका कार्यकारी सम्पादक रहनुभएका वैरागीको अन्य थुप्रै पत्रिकामा सम्पादकीय भूमिका निर्वाह गर्नुभएको छ भने उहाँले केही गीत पनि बजारमा ल्याइसक्नुभएको छ ।

अमेरिकाको डाइनामिक बुना इन्क र ब्लाइन्ड कोर्पले प्रकाशन गरेको यो कृतिमा १९ वटा कथा सङ्ग्रहित छन् । रासस