२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई मालपोत राजस्वमा शतप्रतिशत छुट



अ+ अ-

जनकपुरधाम। सुक्खाग्रस्त क्षेत्रका किसानलाई आर्थिकरुपमा राहत दिन महोत्तरीको मनराशिसवा नगपालिकाले मालपोतमा लाग्ने राजस्वमा मिनाहा गरेको छ ।

सो नगरपालिकाले चालु आर्थिक वर्षमा किसानलाई मालपोतमा लाग्ने राजस्वमा शतप्रतिशत छुट दिने घोषणा गरेको हो ।

सो नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गरी यसवर्ष पानीको अभावले किसानको खेतमा धान रोपाइँ नभएको तथा खाद्यान्न उत्पादन नभइ आर्थिक अभाव सिर्जना भएकाले राहतस्वरुप मालपोत राजस्वमा शतप्रतिशत छुटदिने निर्णय भएको जनाएको छ ।

यसैगरी सर्लाहीको धनकौल गाउँपालिका तथा गोडैता नगरपालिकाले पनि चालु आवमा किसानलाई मालपोतमा लाग्ने राजस्वमा शतप्रतिशत छुट दिने घोषणा गरेको जनाएको छ । रासस