२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्ला–मुगु जोड्ने लोतीखोला बेलिब्रिज सञ्चालनमा



अ+ अ-

सुर्खेत। हुम्ला र मुगु जिल्लालाई सडक सञ्जालमा जोड्ने लोतीखोला बेलिब्रिज मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले एक विशेष समारोहबीच पुलको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै नेता शाहीले यो पुलले हुम्लाबाट रारा ताल, सुर्खेत र कैलास मानसरोवरसम्मको यात्रा सहज बनाएको उल्लेख गरे। “मुगुको रारा, सुर्खेतको राजधानी र लिमी लाप्चा हुँदै कैलाससम्मको ढोका खुलेको छ,” उनले भने।

कर्णाली नदीमाथि निर्माण गरिएको यो पुल प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय, हुम्ला मार्फत बनाइएको हो।

निर्माण कार्यका लागि कार्यालयले कङ्ग्री निर्माण सेवासँग २०८१ मंसिर २३ गते सम्झौता गरेको थियो। केवल पाँच महिनामा सम्पन्न भएको यो परियोजना कुल ४ करोड ९८ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो। पुलको लम्बाइ ४२ मिटर, उचाइ १० मिटर, र चौडाइ ३.१५ मिटर रहेको छ। पुलले हुम्लाको चंखेली गाउँपालिकाको वडा नम्बर २ र ४ लाई जोडेको छ।

यसले स्थानीयको दैनिक आवतजावतमा सहजता ल्याउने मात्र होइन, पर्यटन प्रवर्द्धन, व्यापार विस्तार र स्थानीय उत्पादनको बजारीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

पूर्वमुख्यमन्त्री शाहीका अनुसार यो पुलले हुम्ला मात्र नभई सम्पूर्ण कर्णाली प्रदेशको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने छ। साथै, अब हुम्ला र मुगुको सडक यात्रा राष्ट्रिय सडक सञ्जालसँग अझ सहज र सुलभ भएको छ।