२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्ती राजमार्गमा पहिरो हटेपछि सवारी आवागमन पुनः सुचारु



अ+ अ-

सल्यान। सल्यानको बागचौर नगरपालिका–२ स्थित खरिबोट नजिकै गएको पहिरो पन्छाएपछि राप्ती राजमार्गमा यातायात पुनः सुचारु भएको छ।

मंगलबार राति गएको भारी वर्षापछि पहिरो खस्दा राजमार्गमा १० घण्टा सवारी आवागमन ठप्प भएको थियो। तर बुधबार बिहान जेसीबीमार्फत पहिरो पन्छाएपछि अहिले गाडीहरूको आवागमन सामान्य रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए।

उनका अनुसार बिहानमात्रै डोजर खटाइएकाले सडक खुल्न ढिलो भएको हो। पहिरो हटाएसँगै अहिले सवारी साधनहरू दुवैतर्फ निर्बाधरूपमा गुडिरहेका छन्।

प्रहरीले यात्रुहरूलाई सुरक्षित यात्रा गर्न अनुरोध गर्दै वर्षाको समयमा पहिरो संभावित क्षेत्रहरूमा सतर्कता अपनाउन सुझाव दिएको छ।