२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ट्रान्सफर्मिङ नेपालः ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ पुस्तक विमोचन



अ+ अ-

काठमाडौँ। प्रा पुष्कर बज्राचार्य, मोहनदास मानन्धर र रोजन बज्राचार्यद्वारा लिखित पुस्तक ‘ट्रान्सफर्मिङ नेपालः ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ पुस्तक विमोचन गरिएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा अच्युत वाग्लेले संयुक्त रुपमा उक्त पुस्तक विमोचन गर्नुभयो ।

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री सिंहले उक्त पुस्तक नेपालमा समकालीन सार्वजनिक बहस बढाउनका लागि एक महत्त्वपूर्ण ज्ञान स्रोतका रुपमा रहने बताउनुभयो । पुस्तकले नेपालको थप योजना र नीति निर्माण तथा कार्यान्वयन प्रक्रियालाई मार्गदर्शन गर्ने अपेक्षा रहेको उहाँको भनाइ थियो ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाली समाजको विकासबारे विगतमा धेरै राजनैतिक बहस भए पनि आर्थिक बहस भने नभएको बताउनुभयो । “आर्थिक बहस हुनुपर्ने समयमा पुस्तक आएको छ, आर्थिक बहसलाई नयाँ ढङ्गबाट अगाडि बढाउन पुस्तक सहयोगी हुनेछ”, उहाँले भन्नुभयो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा अच्युत वाग्लेले पुस्तकमा विगतमा प्रकाशित धेरै पुस्तक तथा प्रकाशनको अध्ययन विश्लेषण गरी त्यसको सन्दर्भसमेत उल्लेख गरिएको बताउनुभयो । “यो पुस्तक नीति निर्मातादेखि अनुसन्धानमा संलग्न सबैलाई उपयोगी हुने विश्वास छ”, उहाँले भन्नुभयो ।

त्यस अवसरमा अध्यक्ष तथा पुस्तकका लेखक प्रा पुष्कर बज्राचार्यले पुस्तक देशलाई समृद्ध नेपालमा रूपान्तरणको बाटो देखाउन लेखिएको र विश्लेषणका आधारमा देशले अव लिन पर्ने कदमहरु सिफारिस गरेको बताउनुभयो । लेखक मोहन दास मानन्धरले नेपालमा विकास कार्यक्रम र परियोजनाहरूको आधार तयार गर्न पुस्तक एक बहुमूल्य स्रोत हुने बताउनुभयो ।

लेखक रोजन बज्राचार्यले शिक्षक, विद्यार्थी, विकास अभ्यासकर्ता र आम पाठकहरू र नेपालको विकासमा रुचि राख्ने सबैलाई पुस्तक महत्वपूर्ण हुने बताउनुभयो ।

पुस्तकमा नेपालको सामाजिक आर्थिक स्थितिको विश्लेषण, समृद्धि र सामाजिक कल्याणको रूपरेखा प्रस्तुत गर्दै मुलुकमा भएका नीतिगत पहलहरूको विश्लेषणात्मक अनुसन्धान गरिएको छ ।

पुस्तकमा मुलुक रूपान्तरणका लागि महत्वपूर्ण सुझाव सिफारिस समेत गरेको छ । पुस्तकले मूलतः अर्थतन्त्रका सबै आयामहरू र खण्डहरूलाई समेट्दै स्रोतहरूको उचित प्रयोग गर्ने नवीन दृष्टिकोण सहितको निकास प्रदान गरेको जनाइएको छ । रासस




भर्खरै