२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङको नयाँ बसपार्क सञ्चालनमा



अ+ अ-

ताप्लेजुङ। ताप्लेजुङमा नयाँ बसपार्क सञ्चालनमा आएको छ । जिल्लाको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ मा करिब रु १० करोडको लागतमा निर्माण गरिएको उक्त बसपार्क बिहीबारदेखि औपचारिक रूपमा सेवा सुरू भएको हो ।

फुङ्लिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले बसपार्क सञ्चालनमा आएको घोषणा गर्नुभयो । त्यस अवसरमा बसपार्कमा प्रवेश गरेका सवारीचालकलाई खाद्य सामग्रीसहित स्वागत गरिएको थियो ।

नगर प्रमुख मादेनका अनुसार बसपार्कमा आवश्यक पर्ने संरचना र पूर्वाधार निर्माणको काम अधिकांश पूरा भइसकेको छ । बसपार्क क्षेत्रमा सुरक्षा चेकपोष्ट स्थापना तथा अन्य व्यवस्थापनका कार्य अघि बढिसकेको नगरप्रमुख मादेनले बताउनुभयो ।

नगरपालिकाले सवारी नियम पालना गर्ने उत्कृष्ट चालकलाई रु १० हजार, दोस्रो स्थान हासिल गर्ने चालकलाई रु सात हजार, तेस्रो हुनेलाई रु पाँच हजार तथा सान्त्वना पुरस्कार स्वरूप रु तीन हजार दिने निर्णय गरेको छ । रासस