२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जलविद्युत् आयोजनाले बरुण नदीको अस्तित्व खतरामा पर्छ’



अ+ अ-

सङ्खुवासभा। सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको धार्मिक एंव ऐतिहासिक महत्व बोकेको बरुण नदीबाट विद्युत् उत्पादन गर्न अनुमति दिइएकामा जिल्ला समन्वय समितिले आपत्ति जनाएको छ ।

भोटखोला–४ मा निर्माण हुन लागेको १३२ मेगावाट क्षमताको जलविद्युत् आयोजनाले बरुण नदीको अस्तित्व खतरामा पर्ने भएका कारण विद्युत् प्रक्रिया अगाडि नबढाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताउनुभयो ।

मकालु बरुण राष्ट्रिय निकुञ्जको आरक्ष र संरक्षण क्षेत्र भएर बग्ने बरुण नदीमा विद्युत् उत्पादक कम्पनीलाई विद्युत् उत्पादन कार्य अघि नबढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग, वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र विभागको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।

धार्मिक एंव ऐतिहासिक महत्व र मौलिक पहिचान तथा अलौकिक शक्ति रहेको भनिएको उक्त नदी संरक्षण हुन नसक्दा यसको महत्व गुम्ने खतरा बढेपछि विद्युत् उत्पादन रोक लगाउन माग गरिएको प्रमुख शाक्यले बताउनुभयो । राष्ट्रिय निकुञ्ज र आरक्ष क्षेत्रमा विद्युत्लगायत संरचना बनाउन नपाइने उहाँको भनाइ छ ।

भोटखोला गाउँपालिकाको १३औँ बैठकबाट धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रअन्तर्गत पर्ने बरुण नदीबाट विद्युत् उत्पादन रोक लगाउने निर्णय गरिएको थियो । सो नदीबाट बिजुली निकाल्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत कात्तिक २३ गते निर्माण कम्पनीलाई अनुमति दिएको थियो ।

यहाँबाट बिजुली उत्पादन गर्न नदिने भन्दै स्थानीयवासीले विरोध गरेका छन् । बरुण नदी किनारमा माघ १ गते लाग्ने मकर मेला, भोट क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाबीचमा भेटघाट गर्ने मुख्य थलोका रूपमा लिइने गरिन्छ । बरुण नदीलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीले महत्वका साथ लिने गरेका छन् । रासस




भर्खरै