२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अज्ञात रोगले मौरी मर्न थालेपछि किसान चिन्तित



अ+ अ-

हुम्ला। यहाँको सिमकोट गाउँपालिका-७ थाया गाउँमा अज्ञात रोगका कारण मौरी मर्न थालेका छन् । लामो समयदेखि मौरीपालन गर्दै आएका किसानले पालेका मौरी अज्ञात रोगका कारण मर्न थालेपछि चिन्तित बनेका हुन् ।

सिमकोट-७ थाया गाउँमा एक साता अघिदेखि मौरीमा अज्ञात रोग देखिएपछि मौरी मर्न थालेका किसान बताउँछन् । व्यावसायिक पालन गर्दै आउनुभएका भैरे सिंहले एउटा घारका मौरी मरेका बताउँदै के कारणले मरेका हुन् जानकारी प्राप्त नभएको जानकारी दिनुभयो ।

मौरीले यतिबेला वनबाट फूल ल्याएर मह उत्पादन गर्ने समय भएको छ । अचानक घारमै मौरी मर्न थालेपछि चिन्तित बनाएको छ । केकति कारणले मौरी मरिरहेका छन् भन्नेबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन”, किसान वीरबहादुर सिंहले भन्नुभयो । आफ्नो तीनवटा र किसान सिंहको एउटा घारका मौरी मरेका उहाँले जानकारी दिनुभयो ।

पहिचान नभएको रोगका कारण मौरी धमाधम मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । मौरी घारभित्र र बाहिर मर्नुको कारण तथा रोग पत्ता लगाएर समाधान खोजीदिन किसानले सरोकार भएका निकायसँग आग्रह गरेका छन् ।

मह उत्पादनको समयमा मौरी मर्न थालेपछि उत्पादन घट्नुका साथै व्यवसायसमेत धराप हुने भन्दै किसान निराश भएका हुन् । थायामा मात्रै नभएर यो समस्या जिल्लाभरका मौरीपालन व्यवसायमा देखिएको भन्दै सिंहले रोग पत्ता लगाइदिन सम्बन्धित निकायसँग आग्रह गर्नुभयो । मौरी जोगाउन र मौरीपालक किसानको हौसला बढाउन तीनै तहका सरकारले चासो दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मौरीपालन गर्ने घट्दै जानु, जङ्गलमा डढेलो फैलिनु, गुणस्तरीय रानी उत्पादन नहुनु, विषादीको प्रयोग बढ्नु, समयानुकूल घारमा सुधार नहुनुलगायत कारणले यस्ता समस्या देखिएको हुनसक्ने पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख नवीन पौडेलले बताउनुभयो ।

एक साताअघि मौरीमा अज्ञात रोग देखिएको किसानले जानकारी गराएका जनाउँदै उहाँले जानकारी पाउनासाथ रोगको पत्ता लगाउन गाउँमा कर्मचारी खटिएका बताउनुभयो । हालसम्म रोग पत्ता लागिनसकेकाले विज्ञ टोली परिचालन गरिने उहाँले उल्लेख गर्नुभयो ।

हुम्लामा एक माना महको रु एक हजार २०० पर्दछ । यहाँका अधिकांश किसानले मौरी व्यवसायमार्फ परिवारको खर्च व्यवस्थापन गर्दै आएका छन् । पछिल्लो समय मौरी मर्न थालेपछि कसरी खर्च जुटाउने भन्ने चिन्ता लाग्न थालेको किसान बताउँछन् । रासस




भर्खरै