२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु, एक घाइते



अ+ अ-

उदयपुर। यहाँको उदयपुरगढी गाउँपालिका–०७ जोगिटोलस्थित मदन भण्डारी लोकमार्गमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छभने एक जना गम्भीर घाइते भएका छन् ।

आज अपराह्न ४ः२० बजे काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ०५६१ नम्बरको ट्रकले पैदल हिँडिरहेका रौतामाई गाउँपालिका–०७ निवासी ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट मगरको घटनास्थलमै मृत्यु भएको हो । अनियन्त्रित भई दुर्घटना हुँदा ट्रकका सहचालक दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–४ निवासी ४० वर्षीय गोमे दर्जीको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ । उनलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ ।

ट्रक चालक काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–१४ निवासी ५४ वर्षीय नवराज राउत प्रहरीको नियन्त्रणमा रहेका छन् । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । रासस