२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती



अ+ अ-

तनहुँ। मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–९ मा व्यावसायिक अकबरे खुर्सानीखेती गरिएको छ । यहाँका आठवटा टोल विकास संस्थामार्फत १०० रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीखेती गरिएको हो ।

नेकपा (एमाले) भीमादका अध्यक्षसमेत रहनुभएका कृषक इमानबहादुर थापाका अनुसार, हालसम्म दुई हजार ५०० किलो खुर्सानी बिक्री भइसकेको छ । हाल बजारमा प्रतिकिलोग्राम रु ५०० सम्म थोक मूल्य छ ।

उहाँले भन्नुभयो, “विभिन्न स्थानबाट दुई–तीन क्विन्टल खुर्सानीको माग आइरहेको छ, यस ठाउँमा खुर्सानीखेती सफल बन्दै गएको छ ।” सुरुमा परीक्षणका रूपमा सुरु गरिएको खेतीबाट राम्रो उत्पादन भएपछि किसान उत्साहित छन् । भीमाद नगरपालिकाले बीउ र मल्चिङ प्लास्टिकमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको  थियो ।

नगरपालिकाले माटो परीक्षण, सिँचाइ पाइप तथा मलको थप व्यवस्थापन गरिदिए खेतीका लागि अझै सहज हुने व्यावसायिक किसान बताउँछन् । उत्पादित खुर्सानी पोखरा, काठमाडौँ, चितवनजस्ता सहरबाट माग भइरहेको भानुमती नमूना कृषि गाउँका अध्यक्ष रणबहादुर गुरुङले बताउनुभयो ।

पूर्वमन्त्री किरण गुरुङले अकबरे खुर्सानीखेतीबाट किसानमा देखिएको उत्साहले सकारात्मक सङ्केत गरेको बताउनुभयो । स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न र किसानलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग पुग्ने नगरप्रमुख दधिराज सुवेदीले  बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा यस्ता कार्यक्रमलाई अझै व्यवस्थित र विस्तार गर्दै लैजाने योजना बनाएका छौँ ।”




भर्खरै