२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंसहित चार जना धरौटीमा रिहा



अ+ अ-

काठमाडौँ। चैत १५ मा राजावादी समूहद्वारा आयोजित हिंसात्मक प्रदर्शनमा संलग्न रहेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका दुर्गा प्रसाईंसहित चार जनालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

सोमबार न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईंलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। अन्य अभियुक्तहरूमा सुशील बराल र सरोज गौतमलाई जनही ५० हजार रुपैयाँ र दण्डपाणि रेग्मीलाई १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ।

चैत १५ गतेको विरोध प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो। उक्त झडपमा सविन महर्जन र पत्रकार सुरेश रजकको ज्यान गएको थियो। यस घटनापछि पक्राउ परेका व्यक्तिहरूमाथि अदालतमा मुद्दा चलिरहेको छ।

उच्च अदालतको आदेशसँगै अब उनीहरू कारागारबाहिर रहेर मुद्दाको सामना गर्न पाउने छन्।




भर्खरै