२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम गुणस्तरको पाँच हजार १७० किलोग्राम दाल आयातमा रोक



अ+ अ-

काठमाडौँ। खाद्य प्रविधि गुण नियन्त्रण विभागले मापदण्डविपरीतका मास तथा मसुरोको दाल आयातमा रोक लगाइएको जनाएको छ ।

न्यू श्री बेटल ट्रेडर्स, कञ्चनपुर, भीमदत्तले भारतबाट पैठारीको लागि धनगढी भन्सार नाकामा ल्याएको दुई हजार ९२० किलोग्राम मसुरोको दाल र दुई हजार २५० किलोग्राम मासको दाल विभागअन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, धनगढीले परीक्षण गरेको थियो ।

परीक्षण गर्दा मसुरोको दालमा किराले क्षति पुर्‍याएको दानाको मात्रा मापदण्डमा तोकिएभन्दा बढी पाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभयो ।

मासको दालमा बाह्य रङको उपस्थिति पाइएको पनि उहाँले सुनाउनुभयो । दुवै दाल आयात गर्न नमिल्ने भनी धनगढी भन्सार कार्यालयलाई प्रतिवेदन पठाइएको विभागले जनाएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा परिभाषित खाद्य पदार्थ पैठारी गर्न अनिवार्य रूपमा ऐनको दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिएर गर्नुपर्ने व्यवस्था छ ।

उपदफा (२) बमोजिम पैठारीका लागि स्वीकृति प्राप्त गरी प्रवेश नाकामा ल्याइएका खाद्य पदार्थ नेपालभित्र पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थ पैठारी गर्नुपर्ने नियम छ ।

खाद्य पदार्थ पैठारी गर्ने खाद्य व्यवसायीलाई विभागले आज विज्ञप्तिमार्फत जानकारी पनि गराइएको छ । नियमले तोकेअनुसार नगरेको पाइएमा ऐनबमोजिम कारबाही हुने पनि विभागले जनाएको छ । रासस