२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति ध्यानाकर्षण



अ+ अ-

गण्डकी। कानुन तथा संसदीय व्यवस्था मन्त्रालयले मुलुकी अपराधसंहितालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति नेपाली कांग्रेस गण्डकी प्रदेश महिला विभागले ध्यानाकर्षण भएको जनाएको छ ।

विभागद्वारा आज पोखरामा आयोजित महिलाहरूको विशेष भेलाले नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मामार्फत ध्यानाकर्षणपत्र बुझाएको छ ।

महिलाको आत्मसम्मानमा ठेस पुर्याउने गरी अझै पनि दोस्रो दर्जाको नागरिकका रुपमा व्यवहार गर्ने अभिप्रायले सरकारले ल्याएको बहुविवाह गर्न पाउनेसम्बन्धी कानुन प्रस्तावित मस्यौदालाई अगाडि नबढाउन ध्यानाकर्षण पत्रमा चेतावनी दिइएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै सभापति शर्माले उल्लेखित विषयलाई सम्बन्धित ठाउँमा पु-याउने बताउनुभयो । प्रजातन्त्रमा सबै नागरिक समान हुने र कसैमाथि विभेद् नहुने उहाँले स्पष्ट पार्नुभयो ।

प्रदेशका ११ जिल्लाका महिला प्रतिनिधिको सहभागिता रहेको सो कार्यक्रममा मनोनित गरिएका महिला विभागका सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सहभागी महिला एवं विभागका प्रमुखहरुले नेपाली कांग्रेसको सङ्गठन र भावी कार्यदिशाबारे आ–आफ्ना धारणा राख्नुुभएको थियो ।