२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम उमेरका एकल महिलालाई सीप सिकाएर रोजगारी दिनुपर्छः सांसद कुसारी



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले काम गर्नसक्ने उमेर भएका एकल महिलाहरुलाई भत्ता दिने नभइ सीप सिकाइ रोजगारी दिनुपर्ने बताउनुभएको छ ।

बिहीवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकल महिलाहरुको हकमा भत्ता दिनेमात्रै काममा सरकार लालयित भएको आरोप लगाउनु भयो । उहाँले एकल महिलाहरु २० वर्षदेखिका समेत रहेको भन्दै उनीहरुलाई काम सिकाएर रोजगारी दिन जरुरी रहेको बताउनु भयो । त्यसमा सरकार गम्भीर हुन नसकेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘एकल महिलाको हकमा भत्ता दिनमात्रै लालयित भयौँ । एकल महिला त २० वर्षदेखिका पनि छन् । उनीहरु श्रम गर्ने उमेर हो । युवा बेलामा पनि एकल महिला हुँदा सीप दिएर रोजगारी दिने की भत्ता दिएर मात्रै उनीहरुलाई राख्ने । राज्य त्यसमा गम्भीर नभएको देखियो । ठोस उपलब्धि जिरो छ ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेस सांसद जावेदा खातुन जागाले मानव सेवा आश्रममा अभिभावक भएका बालबालिकाहरु पनि पाइएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले त्यसको कारणहरु गरिबी रहेको भन्दै सरकारले त्यस्ता बालबालिकाहरुका लागि सुरक्षा भत्ता दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मानव सेवा आश्रममा अभिभावक भएका बालबालिकाहरु पनि पाइयो । त्यो अब के कारणले हो ? आश्रमका आयोजकहरुले गरिबीका कारणले अभिभावकले छोडेको भन्ने आयो । त्यस्तो बालबालिकाहरुले कुनै किसिमको सुरक्षा भत्ता पाएका छैनन् । त्यसमा गम्भीर हुन आवश्यक छ । बालबालिकाको पोषण, गुणस्तरीय खाद्यवस्तु पु¥याउनुपर्छ । महिला मन्त्रालयले ध्यान दिन आवश्यक छ ।’

सांसद जागाले बालबालिकाहरुमा पोषणयुक्त र गुणस्तरीय खाद्यवस्तु पु¥याउनुपर्ने माग गर्नुभयो ।