२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हिरोसिमा र नागासाकी घटना मानव सभ्यताकै कलङ्क’



अ+ अ-

काठमाडौँ। जापानको हिरोसिमा र नागासाकीमा ८० वर्षअघि भएको त्रासदीपूर्ण घटनाको स्मरण गर्दै त्यस घटनामा मृत्यवरण गरेकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

नेपाल अफ्रो–एशियाली जनएकता सङ्गठनले आज यहाँ आयोजना गरेको ‘आणविक हतियारको विश्वव्यापी त्रासः विश्वशान्तिका लागि चुनौती’ विषय कार्यक्रमका सहभागी वक्ताले त्यस घटनालाई मानव सभ्यताकै कलङ्कका रुपमा हेरिएको धारणा राख्नुभयो ।

सन् १९४५ मा अगस्ट ६ र ९ गते  हिरोसिमा र नागासाकीमा परमाणु बम प्रहारबाट दुई लाखभन्दा बढीले अप्राकृतिक मृत्यवरण गर्नुपरेको थियो । त्यस घटनामा हजारौँ व्यक्ति गम्भीर घाइते भए ।

विश्वमै मानव इतिहासमा कालोदिनका रुपमा चित्रण गरिएको त्यस घटनाका कैयौँ घाइते अझै पनि पीडादायक जीवन व्यतित गरिरहेका छन् ।आणविक हतियारको प्रयोगबाट क्षणभरमै त्यति ठूलो मानवीय क्षति भएको इतिहासकै पहिलो घटनाका रुपमा हिरोशिमा र नागासाकी आक्रमणलाई लिने गरिएको छ । त्यस घटनामा महत्वपूर्ण संरचनासहित दुवै सहर ध्वस्त भएका थिए ।

परराष्ट्र मामिलाका जानकार हीरण्यलाल श्रेष्ठले विश्वका शक्तिशाली भनिएका मुलुकले मानवताविरुद्ध कस्तासम्म कार्य गर्न सक्दा रहेछन् भन्ने उदाहरणका रुपमा हिरोसिमा र नागासाकी घटनालाई लिन सकिने बताउनुभयो ।

भगवान गौतमबुद्धको जन्मदेश हुनुका नाताले नेपालले शान्तिपूर्ण कूटनीतिको नेतृत्व गर्दै लुम्बिनीमा त्यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

नेकपा(एमाले)का नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले हिरोसिमा र नागासाकी घटनालाई शक्तिको उन्मादसँग जोडिएको इतिहास भएको टिप्पणी गर्नुभयो ।

आयोजक संस्था नेपाल अफ्रो–उसियाली जनएकता सङ्गठनका अध्यक्ष एवं पूर्वमन्त्री कृपासुर शेर्पाले एशियाका तारा गौतमबुद्धको जन्मथलो भएको मुलुक नेपालले विश्वमञ्चमा आणविक हातहतियारका उत्पादन र प्रयोगविरुद्ध तथा जहिले पनि शान्तिका पक्षमा वकालत गर्दै आएको बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकूलपति डा विष्णुविभु घिमिरेले लाखाँै मानिसलाई पलभरमै एकै चिहान बनाएको उक्त घटनाले अध्यात्मप्रति विश्वास राख्नेका लागि पनि ईश्वर छ कि छैन भन्ने प्रश्न उब्जाएको धारणा राख्नुभयो ।

प्रा डा कमलकृष्ण श्रेष्ठले परमाणु युद्धले कहिल्यै कसैले जित्न नसक्ने भएकाले शक्ति राष्ट्रलाई यसमा समय र पैसाको बर्बादी नगर्न सुझाव दिनुभयो ।

संस्थाका महासचिव प्रा डा गोपाल पोखरेलले हिरोसिमा र नागासाकी घटनाले आणविक हतियाले क्षणभरमै ठूलो मानवीयविनाको खतरा र तहसनहसको पुष्ट्याइ गरेकाले त्यसबाट विश्वसमुदाय अलग्गिनु बुद्धिमानी हुने धारणा राख्नुभयो ।

कार्यक्रममा उपप्राध्यापक फूर्वा तेञ्जिङ शेर्पाले  हिरोसिमा र नागासाकी घटनालाई शान्तिकामी निर्देशन जनतामाथि बरबरतापूर्ण आक्रमणको सङ्ज्ञा दिनुभयो ।

विश्वका नौ देशमा १२ हजार ४०० को सङ्ख्यामा रहेको आणविक हतियारले शान्तिका पक्षपाती जनतालाई चुतौती खडा गरिरहेकाले सुरक्षा नष्ट गर्नु आजको प्राथमिक कार्यभार भएको उहाँको भनाइ थियो ।

नेपालले विश्वमा सबैखाले लडाई र झगडा अन्त्य गर्न आह्वान गर्दै विश्वशान्तिका लागि आवाज बुलन्द गर्नुपर्नेमा कार्यक्रममा सहभागी अन्य वक्ताको भनाइ थियो । रासस