२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूरसञ्चारका संस्थागत ग्राहकको साइबर सुरक्षाका लागि पहल



अ+ अ-

काठमाडौँ। दूरसञ्चार सेवाप्रदायक एनसेलले इन्टरप्राइज ग्राहकको सुरक्षालाई थप सुदृढ बनाउन साइबर सुरक्षासँग सम्बन्धित युरोपेली कम्पनी विथसेक्योरसँग साझेदारी गरेको छ ।

उक्त साझेदारीमार्फत एनसेल बिजनेसले नेपाली व्यवसायलाई साइबर जोखिमको खतराबाट जोगाउन भूमिका खेल्नेछ । एनसेलका अनुसार विथसेक्योरले इन्डप्वाइन्ट डिभाइस सुरक्षा, डिटेक्सन र रेस्पोन्स (इडिआर÷एक्सडिआर), क्लाउड सुरक्षा, असुरक्षित व्यवस्थापन, इमेल सुरक्षा र चुनौतीलगायतका समस्या समाधानमा सेवा प्रवाह गर्नेछ । यसले पछिल्लो समय बढ्दो डिजिटल सेवालाई थप सुरक्षित बनाउन सहयोग गर्नेछ ।

आज यहाँ आयोजित साइबर भिजन, २०२५ कार्यक्रममा एनसेलका प्रमुख इन्टरप्राइज बिजनेस अधिकृत डिओन एसेन्सियोले विथसेक्योरसँगको सहकार्यले व्यवसायलाई सुरक्षित बनाउन थप सहयोग पुगेको बताउनुभया । “एनसेल बिजनेसले आफ्ना इन्टरप्राइज सेवालाई थप सुरक्षित बनाउनका लागि विथसेक्योरसँग सहकार्य गरेको हो, यसले विश्वस्तरको साइबर सुरक्षा प्रदान गर्नेछ ।”

विथसक्योरका उपाध्यक्ष पाओलो पालुम्बोले विथसेक्योर एक साइबर सुरक्षा प्रदायक कम्पनी भएको उल्लेख गर्दै एनसेलसँग दीर्घकालीन साझेदारीले नेपाली इन्टरप्राइजेजको साइबर सुरक्षामा थप सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।