२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कल्याणपुर नगरप्रमुख साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

सिरहा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुख रामपुकार साहविरुद्ध विशेष अदालत काठमाडौँमा आज भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नगरप्रमुख साहले नगरपालिका–६ अन्तर्गत नाला निर्माण योजनाको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रु एक लाख घुस लिएको पुष्टि भएको छ । अख्तियारको बर्दिबासबाट खटिएको टोलीले साहलाई गत असार ३२ गते घुस रकमसहित रङ्गेहात पक्राउ गरेको थियो ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा सेवाग्राहीबाट भुक्तानी प्रयोजनका लागि लिएको भनिएको रु एक लाख घुसबापतको रकम कार्यालय परिसरमै लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको उल्लेख छ ।

आयोगले साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप मुद्दा दायर गर्दै रु एक लाख बिगो कायम गरी जरिवाना र कैद सजायको माग गरेको छ । रासस