२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमुख्यमन्त्री लामा पक्षका सांसदको बैठक बस्दै



अ+ अ-

काठमाडौं। बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षका सांसदहरूको आज काठमाडौंमा बैठक बस्ने भएको छ।

राजीनामा दिनुअघि नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग भएका सहमति कार्यान्वयनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

बैठकमा लामा पक्षका १४ जना सांसद सहभागी हुनेछन्। दिउँसो २ बजे बैठकपछि पार्टी सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको एक सांसदले जानकारी दिए।

पूर्व सहमति कार्यान्वयन नहुने संकेत पाएपछि बैठक बोलाइएको र सहमति कार्यान्वयन नपुगेसम्म बानियाँलाई विश्वासको मत नदिने अडान लामा पक्षले लिएको छ।

एक सांसदले भने, “कांग्रेसको इतिहासमा पहिलोपटक संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो। आफ्नै सरकारलाई विश्वासको मत नदिने घटना पनि सम्भवतः पहिलो पटक हुनसक्छ।”