२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोसाइँकुण्डका तीर्थयात्री फर्किन थाले



अ+ अ-

रसुवा। जनैपूर्णिमा  पर्वका अवसरमा स्नान तथा पूजाआजाका लागि पवित्र तीर्थस्थल  गोसाइँकुण्ड पुगेका तीर्थयात्री निलाद्री पर्वतबाट फर्केका छन् ।

सुरक्षाका लागि गोसाइँकुण्डमा बेसक्याम्प राखी बसेका प्रहरी निरीक्षक पन्नालाल यादवका अनुसार पूर्णिमा पर्वको दिन गोसाइँकुण्डमा स्नान गरेका करिब चार हजार भक्तजन आ–आफ्ना गन्तव्यतर्फ फर्किसकेका हुन् ।

आधाभन्दा बढी यात्री धुञ्चे पुगिसकेका जनाउँदै उहाँले आधाजसो भक्तजन चन्दनबारीको ओरालो झर्दै गरेका बताउनुभयो । मेला अवधिभर सुरक्षा व्यवस्थामा कडाइ गरिएको, कुनै बिबाद वा झगडा नभएको, कुण्ड स्नान गर्ने यात्रीलाई सहज बनाउनुका साथै परसम्म जानु नपर्ने व्यवस्था गरिएको, सुत्न नपाएको यात्रीलाई आरामका लागि व्यवस्था मिलाइएको, पवित्र तीर्थको वातावरण स्वच्छता राख्न कुण्ड वरिपरि सरसफाइ गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।

यस वर्षको नाग पञ्चमीदेखि जनैपूर्णिमासम्म करिब १० हजार भक्तजन गोसाइँकुण्ड पुगेका आकलन गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । उहाँका अनुसार यात्री बोकेर सात सय १५ सानाठूला चारपाङ्गे सवारी, चार सय वटा दुई पाङ्गे सवारीसाधन रसुवा प्रवेश गरेका छन् ।

सुरक्षा एवं उद्धारका क्षेत्रमा नेपाली सेना श्रीनाथ गण, सशस्त्र प्रहरी बल २० नम्बर गुल्म तथा नेपाल प्रहरीले र स्वास्थ्य उपचारका क्षेत्रमा गोसाइँकुण्ड गाउँपालिका, जिल्ला अस्पताल, जनस्वास्थ्य कार्यालय, नेपाली सेना, जिल्ला आयुर्वेदिक संस्था, हिमालय उद्धार सङ्घ, ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, नेकपा माओवादीको भातृ संस्था योङ कमिन्युष्ट लिगले उल्लेखनीय सहयोग पु¥याएका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।

विभिन्न सङ्घसंस्था तथा सरोकार भएका निकायले मेला व्यवस्थापनमा प्रभावकारी सहजीकरण र समन्वय गरिदिनु भएकाले मेला पूर्णरूपमा सफल भएको समितिका अध्यक्ष डिएमले उल्लेख गर्नुभयो ।

तीर्थ आउँदा लेक लागि बिरामी परेका बिरामीमध्ये २० जनामा टाउँको र फोक्सोमा पानी जम्ने जटिल समस्या देखिएकाले सुरक्षाकर्मीको सहयोगमा सुविधायुक्त अस्पताल पठाइएको  चिकित्सकले बताएका छन् । रासस