२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

थारु अष्टिम्की चित्रकला कार्यशाला सम्पन्न



अ+ अ-

काठमाडौँ। विश्व आदिवासी दिवसको सन्दर्भमा आज अग्रासन थारु महिला समाज, काठमाडौँ र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आज ‘थारु अष्टिम्की चित्रकला कार्यशाला’ सम्पन्न भएको छ ।

कार्यशालाको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जनजातीय कला र नेपाली सांस्कृतिक पहिचानलाई अन्तरराष्ट्रियस्तरमा पु¥याउन सकिने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “यस्ता पहलले एकता, सद्भाव र चेतनाको विकास गर्दछ । हामी को हौँ भन्ने प्रश्नको उत्तर सांस्कृतिक जागरणबाट दिन सकिन्छ । अष्टिम्की कला थारु जनसमुदायको मौलिक पहिचान हो र यसको संरक्षण तथा प्रवर्द्धनले राष्ट्रिय एकता सुदृढ बनाउँछ ।”

अग्रासन थारु महिला समाजकी उपाध्यक्ष किरण चौधरीले अष्टिम्की चित्रकला नयाँ पुस्तामा हस्तान्तरण गर्न र यसको महत्व बुझाउन कार्यशाला आयोजना गरिएको बताउनुभयो । थारु संस्कृतिका अध्येता शत्रुघन चौधरीले कार्यपत्र प्रस्तुत गर्दै अष्टिम्की कला थारु समुदायको एक महत्वपूर्ण प्रदर्शनकारी सौन्दर्यकला रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसमा बनाइने चित्र र गाइने गीतहरूमा थारु समुदायको जीवनदर्शन अभिव्यक्त हुन्छ । तर पछिल्लो समयमा आधुनिकीकरण र सूचना प्रविधिको प्रभावसँगै यस्तो सांस्कृतिक महत्व बोकेको कला ओझेलमा पर्दै गएको छ ।”

अष्टिम्की थारु समुदायको मौलिक पर्व हो, जुन कृष्णाष्टमीका दिन मनाइन्छ । विशेष गरेर थारु महिला साउन÷भदौ महिनाको कृष्णपक्षमा पर्ने अष्टमीको दिन ब्रत बसेर परम्परागत शैलीमा मनाउने गर्दछन् ।

यो दिन अष्टिम्की चित्र बनाएर पूजा गर्ने गर्दछन् । यो कार्यशाला दोस्रो पटक आयोजना गरिएको हो । कार्यशालामा ५० भन्दा बढी सहभागी थिए । उनीहरुलाई चित्रकार विष्णु चौधरी र बलराम चौधरीले प्रशिक्षण दिनुभएको थियो । रासस