२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुरामा भीरबाट खसेर दुई जनाको मृत्यु, चार दिनपछि सुर्खेत ल्याइयो शव



अ+ अ-

सुर्खेत। बाजुराको बडिमालिका भीरबाट खसेर मृत्यु भएका दुई जनाको शव चार दिनपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएको छ।

मृतकमा गोकर्णेश्वर–५, काठमाडौंका ५२ वर्षीय विप्लव ओझा र बर्दियाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डम्बर घोडासैनी रहेका छन्। उनीहरू बडिमालिका मन्दिरमा पूजा गरेर फर्कने क्रममा राति भीरबाट खसेका थिए।

सेनाका पाइलट महासेनानी दीपध्वज खड्काका अनुसार कठिन भू–बनोट, चिप्लो र भिरालो बाटोका कारण शव निकाल्न चार दिन लागेको हो। घोडासैनीको शव आफन्तलाई बुझाएर बर्दिया पठाइएको छ भने ओझाको शव काठमाडौं पठाउने तयारी भइरहेको छ।