२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी रूपान्तरणको आवश्यकता छ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ



अ+ अ-

कञ्चनपुर। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी रूपान्तरणको आवश्यकता रहेको बताउनुभएको छ ।

आज महेन्द्रनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले क्रान्तिकारी र शक्तिशाली पार्टी निमार्णका लागि रूपान्तरण आवश्यक रहेको बताउनुभएको हो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादी केन्द्रकै नेतृत्वमा सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्ने गरी अगाडि बढ्नुपर्ने भन्दै त्यसका लागि पार्टी रूपान्तरण अपरिहार्य रहेको धारणा राख्नुभयो । “त्यति मात्रै होइन सबै वामपन्थी एकताका लागि निम्ति पनि हाम्रो पार्टी रुपान्तरण हुन जरूरी छ । त्यसपछि मात्रै सामाजिक न्याय, समृद्धि र समाजवादको कार्यभार पूरा हुनेछ”, उहाँले भन्नुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले हाल पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा पार्टी रूपान्तरण हुनुपर्ने बताउनुभयो । उहाँले मुलुकको अहिलेको परिस्थितिलाई यथास्थितिमा राख्न नहुने धारणा राख्नुभयो ।

यथास्थितिलाई सकारात्मक ढङ्गबाट हस्तक्षेप गर्न सके समृद्धि र समाजवादको लक्ष्य पूरा हुने दिशातर्फ जान सकिने भन्दै त्यसो हुन नसके मुलुकमा अराजकता र प्रतिगमनको खतरा बढ्नसक्ने श्रेष्ठको भनाइ थियो ।

उहाँले माओवादी केन्द्रले हाल वामपन्थीसँग एकताको प्रस्ताव गरेको र छलफलका लागि वार्ता टोली बनाउन अन्य दलहरूलाई आग्रह गरिएको बताउनुभयो । रासस