२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा



अ+ अ-

ताप्लेजुङ। चर्च ब्वाइज क्लब ललितपुर ताप्लेजुङमा जारी अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

आज भएको तेस्रो क्वाटर फाइलनमा भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुढीलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनल प्रवेश गरेको हो । खेलको १० औँ मिनेटमा चर्च ब्वाइजका मनिष जर्घाले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो ।

आजको विजेता चर्च ब्वाइजले बुधबार हुने पहिलो सेमिफाइनलमा सुनसरीसँगको भेट पक्का गरेको छ । शनिबारदेखि सुरु खेलमा सुनसरीको द योङ ब्रदर्श क्लब र झापाको रेडस्टार फुटबल क्लबले विजयी सुरुआत गर्दै सेमिफाइनलको यात्रा तय गरिसकेका छन् ।

आइतबार भएको दोस्रो क्वाटर फाइनलमा पोखराको सहारा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा पुगेको थियो भने शनिबारको पहिलो उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सुनसरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

भोलि मङ्गलबार हुने क्वाटर फाइनलको अन्तिम खेलमा सिरहाको सलहेश युवा क्लब र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले बिहीबार हुने दोस्रो सेमिफाइनलमा झापासँग प्रतिस्पर्धा गर्नेछ ।

लाखे जात्राका अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगितामा यस पटक आठ टिमको सहभागिता छ । प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुनेछ ।

प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८२ र उपविजेताले रु तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।