२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जयराम–हलेसी सडकखण्ड सञ्चालनमा



अ+ अ-

खोटाङ।अविरल वर्षाका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड ११ घण्टापछि खुलाइएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज बिहान करिब ८ः०० बजे पहिरो झर्दा अवरुद्ध बनेको सडक बेलुका ७ः०० बजेदेखि पुनः सञ्चालनमा ल्याइएको हो ।

अवरुद्ध सडक खुलेपछि दिनभर रोकिएरबीच सडकमै बसेका यातायातका साधन तथा यात्रुहरु आ–आफ्नो गन्तव्यतर्फ लागेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बीच सडकमै रोकिएका थिए ।

करिब १०० मिटर जति सडक पुर्नेगरी झरेको पहिरो हलेसी तुवाचुङ नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेटर, सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा सञ्चालनमा ल्याइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । रासस