२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभामा शोक प्रस्ताव पारित



अ+ अ-

काठमाडौँ।  पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री एवं संविधानसभाका सदस्य खड्गबहादुर बस्यालको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ ।

आज राष्ट्रियसभा बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।  विसं २००८ माघ १५ गते जन्मिनुभएका पूर्वस्वास्थ्य राज्यमन्त्री बस्यालको ७३ वर्षको उमेरमा यही साउन २३ गते निधन भएको हो । स्व बस्याल नेपाली कांग्रेसका तर्फबाट २०६४ र २०७० मा संविधानसभाको सदस्य हुनुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही साउन ३० गते शुक्रबार बिहान ११ बजेर ४५ मिनेट बस्ने भएको छ । रासस