२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अर्थतन्त्र बलियो बनाउन दलहरू लाग्नुपर्छ’



अ+ अ-

मोरङ। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलहरू मुलुकको अर्थतन्त्र बलियो बनाउनेतर्फ लाग्नु जरूरी रहेको बताउनुभएको छ ।

कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्वारा आज विराटनगरमा आयोजित १६औँ स्मृतिसभा तथा पुरस्कार वितरण समारोहमा उहाँले मुलुकको सर्वाङ्गीण विकास समृद्धि गरी जनताको जीवनस्तर उकास्नेतर्फ दलहरूको ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुक विकासमा पछाडि नरहेको दाबी गर्दै ७७ जिल्लामा सडक, ९७ प्रतिशत विद्युत्, ९७ प्रतिशत खानेपानी र ९९ बालबालिकाको विद्यालय पहुँच रहेको जानकारी दिनुभयो ।

पूर्वमन्त्री ज्ञवालीले मुलुकमा केही भएको छैन भन्ने कुरा गलत भएको भन्दै विकास भएकै कारण आगामी सन् २०२६ मा नेपाल विकसिल देशमा परिणत हुन गइरहेको जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सङ्घीयता स्थापनापछि मुलुकले विकासमा फड्को मारेको चर्चा गर्नुभयो । प्रतिष्ठानकी अध्यक्ष सीता सिग्देल, सम्मानित उद्यमी चेतन निरौला, एमालेका नेता विनोद ढकाल, नेपाल उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले ठूलो सङ्घर्ष गरी सडकबाट व्यापार सुरू गर्नुभएको स्व कृष्णप्रसादले स्थापना गर्नुभएको ढुवानी व्यवसायमा आज तीन सय जनाले रोजगार प्राप्त गरिरहेकोले उहाँबाट सबैले प्रेरणा लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा रु २१ हजार नगदसहित नेपाल पत्रकार महासङ्घ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई सम्मान गरिएको थियो । सो अवसरमा उपमहासचिव ज्ञवालीले नेपाल साना तथा घरेलु उद्योग सङ्घ मोरङका चेतन निरौला, महिला उद्यमी अम्बिता भण्डारी, जनता उच्च मावि मधुवन सुनसरीका विद्यार्थी पिङ्की खत्वे, सुशील खत्वे तथा स्वस्तिका ट्रानसपोर्ट प्रालिका मजदुरीहरूलाई कपडा तथा नगदसहित सम्मान गर्नुभएको थियो । रासस