२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माछा पोखरीमा डुबेर गुल्मीमा एक पुरुषको मृत्यु



अ+ अ-

गुल्मी। माछा पोखरीमा डुबेर गुल्मीमा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा चन्द्रकोट गाउँपालिका‐८ रजाली टोल बस्ने ४५ वर्षीय तुल्सीबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चन्द्रकोट गाउँपालिका‐८ रामपुरस्थित स्थानीय बहुउद्देश्यीय कृषक समूहले माछापालन गर्दै आएको पोखरीको डिलमा आज बेलुकीपख पुरुषको टिसर्ट, पाइन्ट, चप्पल र टोपी देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

उक्त घटनाको जानकारीप्राप्त भएपछि अस्थायी मनसुन प्रतिकार्य सुरक्षा वेश क्याम्पबाट प्रहरी सहायक निरीक्षक विकास परियारको नेतृत्वमा गएको दश जना र प्रहरीचौकी मजुवाबाट प्रहरी सहायक निरीक्षक शिवधन कुडहरियाको नेतृत्वमा गएको पाँच जनाको संयुक्त टोलीले खत्रीको शव डुबेको अवस्थामा पोखरीबाट बाहिर निकालेको थियो ।

घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक भूपेन्द्र थापाको नेतृत्वमा सात जनाको टोली अहिले घटनास्थलतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।  रासस