२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेबटेनिसको स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा



अ+ अ-

काठमाडौँ। नेपाली टेबलटेनिसकै सर्वाधिक पुरस्कार राशि भएको स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन–३ आगामी भदौको पहिलो साता हुने भएको छ ।

अखिल नेपाल टेबलटेनिस सङ्घको तत्वावधान र स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा आगामी भदौ १ देखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने जनाइएको छ । विभिन्न चार राष्ट्रका खेलाडी सहभागी हुने उक्त लिगमा विदेशी खेलाडीलाई अनुबन्ध गरी नेपाली क्लबहरूले प्रतिस्पर्धा गर्दै आएका छन् ।

स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा २०८० सालदेखि यो प्रतियोगिता निरन्तर हुँदै आएको छ । प्रतियोगितामा याला टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी, एभिएम टेबलटेनिस क्लब, द ड्रागन क्लब, कीर्तिपुर नगरपालिका, भोर्टेक्स नेपाल, ओल्र्ड हाउस रेस्ट्रो, टप स्पिन टेबलटेनिस गुड्स नेपाल, खोल्छा पुखु खेलकुद समिति गरी कूल १० क्लबहरू सहभागी हुने आयोजकले जनाएको छ ।

पछिल्ला संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गरे पनि यसपल्ट टोलीको सहभागिता बढाइएको छ । एकेडेमीकी प्रबन्ध निर्देश नविता श्रेष्ठले डिजिटल लाइटका साथै खेल स्थललाई आकर्षक बनाइने बताउनुभयो ।

उहाँले चीन, भारत, पाकिस्तान र ताइवानका खेलाडीले विभिन्न क्लबमा आबद्ध रहेर प्रतिस्पर्धा गर्ने बताउनुभयो । हरेक टोलीमा एक महिला र पुरुष विदेशी खेलाडी रहनेछन् ।

लिग विजेताले रु तीन लाखसहित रनिङ ट्रफी तथा उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रो हुने दुई टोलीले जनही रु ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको पहिलो संस्करणको उपाधि एभिएम र दोस्रो संस्करणमा नेपाल पुलिस क्लब च्याम्पियन भएका थिए । यसपल्ट भने प्रहरी सहभागी छैन ।