२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जामन्त्री खड्कासँग एमसिसीका सहायक उपाध्यक्ष विङ्गलको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का सहायक उपाध्यक्ष जोन विङ्गलले शिष्टाचार भेट गर्नुभएको छ ।

आज भएको भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा एमसिसीको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले एमसिसी परियोजनाका लागि गरेको सहकार्यको प्रशंसा गर्नुभयो ।

मन्त्री खड्काले एमसिसी परियोजना सुरुवातसँगै, उच्च गुणस्तरको प्रसारणलाइन निर्माण हुने र नेपालले ऊर्जा विकासमा राखेको लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

एमसिसी परियोजना कार्यान्वयनका लागि द्विपक्षीयसम्बन्ध सुदृढ बनाउँदै अगाडि बढ्नुपर्ने मन्त्री खड्काले बताउनुभयो । एमसिसीका सहायक उपाध्यक्ष विङ्गलले एमसिसी परियोजनाको कार्यान्वयनका बारेमा जग्गा प्राप्ति, वनलगायतको समस्या सहजीकरण गर्न मन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो ।

भेटमा ऊर्जा सचिव सुरेश आचार्य, मन्त्रालयका सहसचिवलगायत उच्च पदस्थ कर्मचारीको सहभागिता थियो । रासस