२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि



अ+ अ-

सङ्खुवासभा। यहाँको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र डेङ्गी सङ्क्रमित बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।

बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अभाव हुँदा ‘प्यासेज’ र हलमा बिरामी राख्नुपर्ने बाध्यता भएको छ । अस्पतालका सूचना अधिकारी सुमित्रा सापकोटाका अनुसार वैशाख यता स्क्रब टाइफसका २१४, डेङ्गी सङ्क्रमित ५६ र भाइरल ज्वरोका ११७ जना बिरामी भेटिएका छन् ।

स्क्रब टाइफस रोग एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा लाग्छ । यो रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिनेलगायतका लक्षण देखिन्छ । रासस