२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिन जोशीको रिहाइको दबाब दिन आमा र बहिनी अमेरिका प्रस्थान



अ+ अ-

काठमाडौं । दुई वर्षदेखि प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइको दबाब दिन आमा पद्मा र बहिनी पुष्पा आज अमेरिका प्रस्थान गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आज एक पोस्ट सार्वजनिक गर्दै पुष्पाले आफूहरु अमेरिका प्रस्थान गरेको जानकारी दिएकी हुन् । यसअघि उनीहरु इजरायल गएका थिए ।

‘आफूहरु दाइ विपिनको सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन केही पहिले इजरायल गएझैँ यसपटक अमेरिका जान लागेको’ उनले लेखेकी छन् ।

विगतमा अन्तर्राष्ट्रिय मित्र र संसारभरका नेपालीबाट आफूहरुले अथाह सहयोग पाएको बताउँदै पुष्पाले दाइको सकुशल रिहाइका लागि आवाज उठाउन अपिलसमेत गरेकी छन् । आफ्नो दाइको रिहाइको विषय अन्तर्राष्ट्रिय विषय भएको हुँदा दाइको स्वतन्त्रताका लागि अन्य देशका नागरिकहरुलाईसमेत यस मुद्दामा जोडिएर सहयोग गर्न उनले आग्रह गरेकी छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाई राष्ट्रसंघसम्म लैजाने गरी इजरायल सरकारले संयुक्त राष्ट्रसंघ, अमेरिकी सरकार र अन्तर्राष्ट्रिय समुदायसमेतको साथ लिएर उनकी आमा र बहिनीलाई गत साउन अन्तिम साता इजरायल झिकाएको थियो ।

प्यालेस्टिनी विद्रोही लडाकु हमासले आफ्नो नियन्त्रणमा रहेका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’भन्दै गत शनिबार सार्वजनिक गरेको थियो ।

दोहा मुख्यालय रहेको अलजजिरा अनलाइनका अनुसार हमासको कसाम ब्रिगेड्सले सार्वजनिक गरे पनि उनीहरुको अवस्था र विस्तृत विवरण भने खुलाइएको छैन ।

हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलको किबुजमा आक्रमण गर्दा १२ सय मारिएका थिए भने विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाइएको थियो ।